Logo

२०८३, आश्विन १०गते


images
images

बुटवलको मजुवा खानेपानीमा माओवादी नेतृत्वको गठबन्धन प्यानल भारी मतले विजयी

बुटवलको मजुवा खानेपानीमा माओवादी नेतृत्वको गठबन्धन प्यानल भारी मतले विजयी

images
  • बुटवलको मजुवा खानेपानीमा माओवादी नेतृत्वको गठबन्धन प्यानल भारी मतले विजयी
    images
    images

    बुटवल । बुटवलको मजुवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अधिवेशनबाट माओवादी केन्द्रको नेतृत्वमा रहेको प्यानलले विजय प्राप्त गरेको छ ।

    images
    images
    images

    गठबन्धनको तर्फबाट अध्यक्षको उमेदवार रहेका पुर्ण बहादुर (प्रकाश) परियारले ४०६ मत प्राप्त गर्दै बिजय भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश श्रेष्ठले २११ मतमात्रै प्राप्त गरेका छ्न । यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता सिंह बहादुर बोगटीले ३३९ मत प्राप्त गरि बिजयी हुँदै गर्दा उनका प्रतिस्पर्धी ज्ञानप्रसाद भण्डारीले २५६ मत प्राप्त गरे उनी नेकपा एमालेका तर्फबाट उम्मेदवारी हुन । 

    images
    images
    images


    यस्तै सचिवमा गठबन्धनबाट नेपाली काङ्ग्रेसका नेतृ लक्ष्मी कंडेलले ३६९ मत प्राप्त गर्दै विजयी भएकी छ्न भने उनका निकटतम प्रतिद्वन्दी एमालेका हुमाकान्त लम्सालले २२४ मत प्राप्त गरेका छ्न । 

    images
    images
    images


    यस्तै कोषाध्यक्षमा गठबन्धनकि कमला पाण्डेले ३४८ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका तर्फबाट उम्मेद्बारी दिएका मनकुमारी खत्री २४२ मत प्राप्त गरेका छ्न । जम्मा ८६२ मतमध्य ६८८ मत खसेको थियो । 

    यस्तै सदस्यहरुमा गठबन्धनका तर्फबाट सबै उम्मेदवारले बिजयी प्राप्त गरेका हुन । सदस्यहरुमा विक्रम गुरुङ, दीपा क्षेत्री, राजकुमारी विश्वकर्मा, रोशन केसी, भोज बहादुर पोख्रेल, हर्क जिसि र रनबहादुर गुरुङले अत्याधिक मतसहित बिजय प्राप्त गरेका छ्न । गठबन्धन विरुद्ध एक्लै उभिएको एमालेले भने कुनै सदस्यसमेत जित्न सकेन । 


    बुटवल उपमहानगरपालिका ११ को सबैभन्दा धेरै मतदाता भएको क्षेत्र हो पारी बुटवलको मजुवा क्षेत्र । कुनै बेला एमालेको प्रभुत्व भएको क्षेत्र मानिने सो क्षेत्रमा अहिले भने एमाले क्रमश ओलारो लागेको देखिन्छ । स्मरणीय छ, यसअघी २ नम्बर टोलको चुनावमा पनि एमालेलाई हराउदै माओवादीसहितको गठबन्धन बिजयी भएको थियो । सामान्य सस्थादेखी सबै ठाउँमा चुनावी प्रतिस्पर्धा गर्न थालेपछि अहिले एमालेको उपस्थिति कम हुँदै गएको देखिन्छ । नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको बलियो उपस्थिति रहेको मजुवा क्षेत्रमा एमालेबाट बिभाजन भएको नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वामदेव गौतमको एकता केन्द्रको पनि बलियो उपस्थिति देखिन्छ । मिनि स्थानीय तहकै चुनावको रुपमा लिईएको खानेपानीको चुनावले स्थानीय तहमा समेत कडा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।