Logo

२०८३, श्रावण ३०गते


images
images

अब सहकारीको पनि एटीएम कार्ड हुने

अब सहकारीको पनि एटीएम कार्ड हुने

images
  • अब सहकारीको पनि एटीएम कार्ड हुने
    images
    images

    काठमाण्डाै । सहकारी संस्थाहरूले आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्न सक्ने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले मात्रै आफ्नो पहिचानसहितको एटीएम कार्ड जारी गर्दै आएकामा अबदेखि सहकारी संस्थाहरूले पनि जारी गर्न सक्ने भएका छन् । 

    images
    images
    images

    आज आइतवार स्मार्ट च्वाइस टेक्नोलोजिज, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आईएमई बैंकबीच भएकाे सम्झौताले सहकारीलाई कुप कार्ड जारी गर्ने सम्बन्धमा बाटो खोलेको हो । याे सम्झौता पत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं र ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृतरत्न राज बज्राचार्यले हस्ताक्षर गर्नुभयो । 

    images
    images
    images

    सम्झौताअनुसार अबदेखि सम्पूर्ण सहकारीहरूले राष्ट्रिय सहकारी बैंकमा सम्पर्क गरी कुप कार्ड जारी गर्न सक्नेछन् । सहकारीहरूले आफ्नो सदस्यलाई कुप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएममार्फत रकम निकाल्न सक्नेछन् भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गर्न सक्ने छन् । कुप कार्ड ग्लोबल आईएई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीले जारी गर्नेछन् ।

    images
    images
    images

    सम्झौतापछि समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोबारमा पहुँच बढ्दै जाने र साधारण बैंकिङ कारोबारका लागि बैंक गइरहनुपर्ने बाध्यता  हट्ने विश्वास लिइएको छ । यसअघि एक सयभन्दा बढी सहकारीले आफ्ना सदस्यहरूलाई कार्ड सेवा उपलब्ध गराउँदै आएका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।