Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

दाइजोप्रथा र बालबिबाहविरुद्ध अभियान चलाउँछौं : राप्रपा उम्मेदवार बोहरा

दाइजोप्रथा र बालबिबाहविरुद्ध अभियान चलाउँछौं : राप्रपा उम्मेदवार बोहरा

images
  • दाइजोप्रथा र बालबिबाहविरुद्ध अभियान चलाउँछौं : राप्रपा उम्मेदवार बोहरा
    images
    images

    धकधई । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही-१ का उम्मेदवार प्रज्वल बोहरा (प्रशान्त) ले बालबिवाह र दाइजो प्रथा अन्त्यका लागि आफू सक्रिय रहने बताएका छन् । उनले यसविरुद्ध अभियान नै चलाइने जनाए ।

    images
    images
    images

    रुपन्देही-१ का मतदाताहरुसँग चुनावी भेटघाटका क्रममा उम्मेदवार बोहराले बालबिवाह र दाइजो प्रथा दुवै समाज प्रगतीको बाधक रहेको बताए । ‘बालबिवाह र दाइजो प्रथा दुवै समाजका लागि घातक छन् ।’ उनले भने, ‘बालबिवाह र दाइजो प्रथा पहिलाको तुलनामा धेरै कमी आए पनि यद्यपी अझै पुरै निर्मुल हुन सकेको छैन । यो प्रचलनको जरै उखेलेर फ्याँक्न जरुरी छ ।’

    images
    images
    images

    मतदाताहरुसँग चुनावी भेटघाट तथा घरदैलो कार्यक्रम गर्दाको अवस्थामा प्रत्येक घर र गाउँ टोलमा यी प्रथाका वारेमा आफूले सोधखोज गर्ने गरेको उनले जनाए । समाजमा जनचेतनाको कमी, रुढीबादी प्रचलन, गरिबी, अशिक्षासँग यी दुवै प्रचलन जोडिएको उनको भनाइ छ ।

    images
    images
    images

    यी प्रचलनले सहरमा भन्दा ग्रामीण क्षेत्रमा बढि आक्रान्त पारेको छ । उनले भने, ‘बिशेष गरि गरिब तथा बिपन्न परिवारलाई समस्यामा पार्ने गरेको छ । बालबिबाह र दाइजो प्रथासँग किशोरी तथा महिलाको स्वास्थ्य, शिक्षा, रोजगारी, आर्थिक, आत्महत्या जस्ता पक्ष जोडिन पुगेका छन् ।’

    समाजमा व्याप्त बालबिवाह र दाइजो प्रथाका कारण निम्न आर्थिक अवस्थाका धेरै घर परिवार ऋण र कर्जामा डुबेको उनको भनाईछ । बोहराले भने, ‘बालबिबाहका कारण छात्रा तथा किशोरीको पढाइ बिचैमा अवरुद्ध हुन पुगेको छ । गरिव परिवारमा छोरीको जन्म हुनु भनेको अभिसाप जस्तै बनेको छ ।’

    सानै उमेरमा हुने बिवाहले पछि उमेर बढ्दै बालिग भएपछि अन्य युवक तथा युवती मन पर्ने भएमा पारिवारिक बेमेलको मुख्य कारण हुन सक्छ । कतिपय युवा युवतीमा आत्महत्याको कारण पनि बालबिवाह बन्ने गरेको छ । दाइजो प्रथाका कारण पढेलेखेको युवकको घरपरिवारले धेरै दाइजो माग गर्ने कारणले कैयन् घरपरिवार ऋण तथा कर्जामा डुब्ने गरेको उनको भनाई छ । 

    ‘यी दुवै सामाजिक सँस्कार बिरुद्ध स्थानीय बासिन्दा र शिक्षित युवालाइ नै साथमा लिएर अभियान चलाइनु पर्ने आवश्यकता छ ।’ बोहराले भने, ‘यी दुवै प्रथाको अन्त्य नभएसम्म समुन्नत समाजको परिकल्पना गर्न सकिँदैन । यसका लागि मेरो अग्रणी भूमिका हुने छ ।’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।