Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

धकधई स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराउने छु : राप्रपा उम्मेदवार बोहरा

धकधई स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराउने छु : राप्रपा उम्मेदवार बोहरा

images
  • धकधई स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा उपलब्ध गराउने छु : राप्रपा उम्मेदवार बोहरा
    images
    images

    भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही-१ का उम्मेदवार प्रज्जवल बोहरा (प्रशान्त) ले आफ्नो क्षेत्रमा गुणस्तरीय स्वास्थ्य विकासमा ध्यान दिने प्रतिवद्धता व्यक्त गरेका छन् । रुपन्देही-१ अन्तर्गतका देवदह, तिलोत्तमा नगरपालिकाका साथै ओमसतिया र रोहिणी गाउँपालिकामा रहेका स्वास्थ्य केन्द्रमा स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन भूमिका खेल्ने उनले बताए । 

    images
    images
    images

    ‘क्षेत्रका देवदह र तिलोत्तमा नगरपालिकाका ग्रामीण क्षेत्रमा बाटोघाटो पुगे पनि त्यहाँ रहेका स्वास्थ्य संस्थाको अवस्था भरपर्दो छैन । ओमसतिया र रोहिणी गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र केन्द्रको अवस्था नाजुक छ । त्यहाँका ग्रामीण क्षेत्रबाट विशेषज्ञ सेवाका लागि बुटवल र भैरहवा धाउनु पर्छ ।’ उनले भने, ‘अपर्झट गम्भीर खालको स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा नागरिकले भौतारिनु पर्ने अवस्था छ ।’ 

    images
    images
    images

    जिल्लामा कुनै क्षेत्र धेरै विकसित हुने र कुनै क्षेत्रमा आधारभूत स्वास्थ्य सुविधा समेत नपुग्ने अवस्थाको अन्त्यका लागि आफूले भूमिका खेल्ने बोहराले प्रतिवद्धता जनाए । आफ्ना पिताको पद्चाप पछयाउँदैं राजनीतिमा होमिएका उनले २१औं शताब्दीमा पनि आधारभूत स्वास्थ्य सुविधाका लागि सर्वसाधरण तड्पिने अवस्था कायम रहनु लजास्पद रहेको उल्लेख गरे । 

    images
    images
    images

    रुपन्देही-१ मा आवश्यक पूर्वाधार विकासका क्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बोहराले बताए । ‘सम्पूर्ण नागरिकका लागि स्वास्थ्य सेवा सबै सुलभ बनाइनेछ ।’ उनले भने, ‘सुलभ मात्र नभएर गुणस्तरीय स्वास्थ्य सेवामा जोड दिइने छ ।’ क्षेत्रका सबै गाउँ-नगरमा गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउन आफू प्रतिवद्ध रहेको उनले बताएका छन् ।   

    क्षेत्रका सबै पालिकालाई समेट्ने गरी एम्बुलेन्स र दमकलको व्यवस्थापन गरिने बताएका बोहराले सिमावर्ती पालिकाका बासिन्दालाई घरदैलोमा स्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले धकधई स्वास्थ्य केन्द्रको स्तरोन्नति गरेर विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध गराइने बताए । उम्मेदवार बोहराले स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा समेत जोड दिएका छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।