Logo

२०८३, आश्विन १०गते


images
images

हरियो रङको मतपत्रप्रति ओलीको आपत्ति, भन्छन् - किन हरियो राख्ने? रुखैरुख देखियोस् भनेर?

हरियो रङको मतपत्रप्रति ओलीको आपत्ति, भन्छन् - किन हरियो राख्ने? रुखैरुख देखियोस् भनेर?

images
  • हरियो रङको मतपत्रप्रति ओलीको आपत्ति, भन्छन् - किन हरियो राख्ने? रुखैरुख देखियोस् भनेर?
    फाइल फोटो
    images
    images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रमा दलहरुको चुनाव चिह्न हरियो रङले छपाइ गर्ने निर्वाचन आयोगको निर्णयको विरोध गरेका छन् ।

    images
    images
    images

    मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरियो चिह्न के कारणले राख्ने भनी आयोगलाई प्रश्न गरेका छन् ।

    images
    images
    images

    आयोगले सोमबार पठाएको प्रेस विज्ञप्तिमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिह्न, विवरण तथा सुरक्षण चिह्नहरु हरियो मसीले छपाइ गर्ने निर्णय भएको उल्लेख गरेको थियो । तर ओलीले उक्त निर्णयको विरोध गर्दै भनेका छन्, ‘हरियो, सरियो हुँदैन ।’

    images
    images
    images

    ‘मैले सुनेको छु, चुनाव चिह्न हरियो राख्ने रे। सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उनले भने, ‘किन हरियो राख्ने? रुखैरुख देखियोस् भनेर? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ।’

    ‘धार्मिक हिसाबले राख्ने हो ? कि के हिसाबले हरियो चिह्न राख्ने ?’ नेपाली कांग्रेसको चुनाव चिह्नतिर इंगित गर्दै ओलीले भने, ‘अथवा कसैको हरियो देखिने चिह्न छ त्यसकारणले राख्ने हो ?’

    निर्वाचन आयोगले साँच्चै हरियो राख्ने निर्णय गरेको भए सच्याउनुपर्ने ओलीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।