सुनसरी । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका ४ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रण गर्न लाठीचार्ज गरेको छ ।
उम्मेदवार ज्ञानेन्द्र कार्कीले आफ्नो चुनावी सभा सम्बोधन गर्न गइरहेका बेला बाटोमा रास्वपाका केही युवाहरूसँग जम्काभेट भएपछि विवाद बढेको थियो । त्यसपछि हात हालाहाल सुरु भयो ।
सुनसरीका एसपी केशव थेवेका अनुसार, झडपका कारण दुवै पक्षका कार्यकर्तालाई तितरवितर बनाउन लाठीचार्ज गर्नु परेको हो ।
प्रहरीका अनुसार कांग्रेस र रास्वपाका कार्यकर्ता छिमेकी नै भए पनि फरक दलको सदस्य भएको कारण विवाद बढेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology