Logo

२०८३, श्रावण ३१गते


images
images

अर्थ

राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्दै

राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्दै

images
  • राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्दै
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।

    images
    images
    images

    मौद्रिक व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै आज अनलाइन बिडिङ प्रणाली मार्फत ८७ दिन अवधिका लागि ३० अर्ब रकम बोलकबोल गरिने जनाएको हो । उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुने र संकलित रकमको साँवा तथा ब्याज भुक्तानी २०८३ जेठ ६ गते गरिने उल्लेख राष्ट्र बैंकले जनाएको छ ।

    images
    images
    images

    बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ । निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

    images
    images
    images

    नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामात्र बोलकबोलमा सहभागी हुन पाउनेछन् । बोलपत्रमा जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिका चार अंकसम्म) स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

    बोलपत्रको बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिई क्रमशः आह्वान गरिएको रकमसम्म स्वीकृति दिइनेछ । समान ब्याजदर भएका बोल रकम कुल निष्काशित रकमभन्दा बढी भएमा ‘प्रो-राटा’ आधारमा बाँडफाँड गरिनेछ । सम्पूर्ण वा आंशिक बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिसँग रहनेछ ।

    स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउण्टरपार्टीको नेपाल राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरिनेछ । निष्काशनका दिन खातामा पर्याप्त मौज्दात नभए काउण्टरपार्टीलाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइनेछ ।

    संकलित निक्षेप रकम तोकिएको मितिमा ब्याजसहित सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ। उक्त रकम अनिवार्य नगद मौज्दातमा गणना नहुने तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

    निक्षेप संकलन गरिएको रकम भुक्तानी मिति अघि फिर्ता नहुने स्पष्ट पारिएको छ । थप जानकारीका लागि मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

    पछिल्लो तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरूद्वारा संकलित कूल निक्षेपको आकार ७७ खर्ब ३० अर्ब रूपैयाँ नाघेको छ । तर, यसै अवधिमा यता कर्जा लगानी भने ५७ खर्ब ९५ अर्ब रूपैयाँ हाराहारी मात्र हुन सकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्र बैंक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।