Logo

२०८३, आश्विन ९गते


images
images

फेब्रुअरी २६ मा विवाह बन्धनमा बाँधिदै विजय र रश्मिका

फेब्रुअरी २६ मा विवाह बन्धनमा बाँधिदै विजय र रश्मिका

images
  • फेब्रुअरी २६ मा विवाह बन्धनमा बाँधिदै विजय र रश्मिका
    images
    images

    काठमाडौँ । भारतीय सिनेमाका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्दाना यही फेब्रुअरी २६ मा वैवाहिक बन्धनमा बाँधिने भएका छन् । 

    images
    images
    images

    राजस्थानको उदयपुरमा विवाह हुने यस विवाहको चर्चा सामाजिक सञ्जाल र मिडियामा हुन शुरु भएको छ । जोडीले आफ्नो विवाहको लागि एक शाही सम्पदा दरबार रोजेका छन्, जहाँ परिवारका सदस्यहरू र धेरै नजिकका साथीहरू मात्र उपस्थित हुनेछन् । मिडिया रिपोर्टहरूका अनुसार, उनीहरूको पूर्व-विवाह उत्सव फेब्रुअरी २४ मा सुरु हुनेछ । संगीत र मेहेन्दी समारोह फेब्रुअरी २४ मा हुनेछ । त्यस्तै मेहेन्दी समारोह फेब्रुअरी २५ मा हुनेछ । त्यसपछि जोडीले फेब्रुअरी २६ मा विवाह गर्नेछन् ।रिपोर्टहरूले उदयपुरमा हुने विवाहमा तेलुगु र हिन्दी उद्योगका कुनै पनि सेलिब्रेटीलाई आमन्त्रित गरिएको दाबी गरेको छ । यद्यपि, विवाहपछि दुईवटा रिसेप्शन आयोजना हुने बताइएको छ । एउटा रिसेप्शन हैदराबादमा र अर्को मुम्बईमा हुनेछ ।

    images
    images
    images

    रश्मिका र विजयको विवाहको खबरको बीचमा, केही दिन अघि विजय देवरकोन्डाको घरका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

    images
    images
    images

    विजय र रश्मिका २०१८ र २०१९ मा फिल्म गीथा गोविन्दम र डियर कमरेड फिल्ममा एक साथ काम गर्दा प्रेममा परेको बताइएको छ । उनीहरुले २०२५ अक्टोबर ३ मा गोप्य रुपमा इन्गेजमेन्ट गरेको दाबि गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्मिका मन्दाना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।