Logo

२०८३, कार्तिक २९गते


images
images

३५ हजार मतदातासँग विश्वदीपको प्रत्यक्ष भेट, समर्थन बढ्दै गएको दाबी

३५ हजार मतदातासँग विश्वदीपको प्रत्यक्ष भेट, समर्थन बढ्दै गएको दाबी

images
  • ३५ हजार मतदातासँग विश्वदीपको प्रत्यक्ष भेट, समर्थन बढ्दै गएको दाबी
    images

    बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डेले करिब ३५ हजार मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् । १३ हजार घरधुरीमा पुगिसकेका पाण्डेको पक्षमा समर्थन बढ्दै गएको पार्टीले दाबी  गरेको छ ।

    images
    images
    images

    आफु फागुन १७ गतेदेखि पाण्डे निरन्तर घरदैलोमा रहेको र भेटघाटका क्रममा मतदाताबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको उनको भनाइ छ ।

    images
    images
    images

    मतदाताले पाण्डेलाई युवा, अनुभवी, क्षमतावान र स्थानीय उम्मेदवारका रूपमा प्राथमिकतामा राखेको जनाइएको छ ।  

    images
    images

    घरदैलोका क्रममा मतदाताले विकास निर्माण, रोजगारी सिर्जना, महँगी नियन्त्रण र युवा पलायन रोक्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा उठाएका छन् । ती विषयमा आफूले स्पष्ट योजना प्रस्तुत गरेको पाण्डेको दाबी छ ।

    सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको चाहना र आफ्नो योजना मिलेकाले विश्वास बढ्दै गएको बताए ।

    पाण्डे रूपन्देही-२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलसंग प्रतिष्पर्धा गर्दैछन् । पहिलो संविधानसभाको निर्वाचनमा विश्वदीप पाण्डेका बाबु भक्ति पाण्डेसंग पनि उनै विष्णु पौडेलले प्रतिष्पर्धा गरेका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वदीप पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।