Logo

२०८३, कार्तिक २९गते


images
images

धादिङ दुर्घटना

धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो : घाइते २४ जनाको ट्रमा र कलंकीमा उपचार हुदै

धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो : घाइते २४ जनाको ट्रमा र कलंकीमा उपचार हुदै

images
  • धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो : घाइते २४ जनाको ट्रमा र कलंकीमा उपचार हुदै
    images

    धादिङ । धादिङको भैसीगौडामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । गएराती पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट त्रिशूली नदी किनारमा खसेको थियो ।

    images
    images
    images

    बसमा चालकसहित कुल ४४ जना यात्रु सवार रहेको प्रहरीले जानकारी दिएको छ । बसमा २९ पुरुष र १५ महिला थिए, जसमा हालसम्म १९ जनाको मृत्यु पुष्टि भएको छ भने २५ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन् । 

    images
    images
    images

    घाइतेहरूलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र नेशनल मेडिकल कलेज, कलंकीमा रिफर गरिएको धादिङ प्रहरीले जनाएको छ ।

    images
    images

    दुर्घटनामा ज्यान गुमाउनेहरूमा २४ वर्षीय ब्रिटिश नागरिक स्टीवार्ट डोमिनिक इथान, कास्कीका करिब ४० वर्षीय विवेक बस्तोला, स्याङ्जाका घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँका करिब ४० वर्षीय ओमकुमार मल्ल, धादिङका करिब ३० वर्षीय ....ठकुरी, तनहुँकी करिब ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौं बौद्ध टुसालका करिब ४२ वर्षीय लोप्साङ गोले, तनहुँका करिब ४५-४६ वर्षीय हरिप्रसाद सिग्देल, पाल्पाका करिब ५५ वर्षीय नविन्द्र श्रेष्ठ रहेका छन् ।

    यसैगरी केही मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । तीमध्ये एक करिब ३०-३२ वर्षीय पुरुषको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य अज्ञात मृतकहरूमा विभिन्न उमेर समूहका पुरुष तथा महिला रहेका छन् ।

    हाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा १४ जना घाइते उपचाररत छन् । त्यस्तै नेशनल मेडिकल कलेज, कलंकीमा उपचाररत १० जना घाइते उपचाररत छन् । उपचाररत केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # धादिङ दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।