Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

भारतको 'केरला' को नाम परिवर्तन गरिदै : मन्त्रिपरिषदले गर्यो अनुमोदन

भारतको 'केरला' को नाम परिवर्तन गरिदै : मन्त्रिपरिषदले गर्यो अनुमोदन

images
  • भारतको 'केरला' को नाम परिवर्तन गरिदै : मन्त्रिपरिषदले गर्यो अनुमोदन
    images
    images

    काठमाडौँ । भारत सरकारले 'केरला' को नाम परिवर्तन गरेको छ ।

    images
    images
    images

    केन्द्रीय सरकारको मन्त्रिपरिषद्को बैठकले केरलाको नाम परिवर्तन गरेर 'केरलम' राख्ने प्रस्तावलाई अनुमोदन गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यद्यपि, नाम परिवर्तन गर्ने प्रक्रिया भर्खरै सुरु भएको छ ।

    images
    images
    images

    केन्द्रीय मन्त्रिपरिषद्को स्वीकृतिपछि, भारतका राष्ट्रपतिले केरला विधान सभामा रायको लागि विधेयक पठाउनुपर्ने कानुनी प्रावधान रहेको छ । यो प्रक्रिया संविधानको धारा ३ अन्तर्गत गरिनेछ । राज्य विधान सभाको राय प्राप्त गरेपछि, भारत सरकारले थप कारबाही गर्नेछ । विधेयक संसदमा पेश गर्न राष्ट्रपतिको सिफारिस खोजिनेछ । यो विधेयकले राज्यको नाम 'केरला' बाट 'केरलम' राख्नेछ ।

    images
    images
    images

    पीआईबीले सरकारको निर्णयको बारेमा भनेको छ- 'प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले आज केरलाको नाम परिवर्तन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।'

    यसअघि केरला विधान सभाले जुन २४, २०२४ मा राज्यको नाम 'केरला' बाट 'केरलम' राख्ने प्रस्ताव पारित गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरला
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।