Logo

२०८३, आश्विन ११गते


images
images

बंगलादेशका तत्कालिन हसिना सरकारका एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट !

बंगलादेशका तत्कालिन हसिना सरकारका एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट !

images
  • बंगलादेशका तत्कालिन हसिना सरकारका एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट !
    images
    images

    काठमाडौँ । बंगलादेशको एक अदालतले शेख हसिनाको अवामी लिग सरकारका पूर्वमन्त्री सैफुज्जमान चौधरी जावेदको बेलायतमा रहेको ५१८ फ्ल्याट र अपार्टमेन्ट जफत गर्ने आदेश दिएको छ । सैफुज्जमान चौधरी जावेद अवामी लिग सरकारमा भूमिमन्त्री थिए ।

    images
    images
    images

    ढाका ट्रीब्युनका अनुसार बंगलादेश भ्रष्टाचार विरोधी आयोग (एसीसी) को निवेदनको सुनुवाइपछि ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश सब्बीर फैजले यस्तो आदेश जारी गरेका हुन् ।

    images
    images
    images

    अदालतले पूर्वमन्त्री जावेदका ५१८ फ्ल्याट र अपार्टमेन्टहरूको मूल्य २७१.८ मिलियन पाउण्ड रहेको बताएको छ ।

    images
    images
    images

    अदालतमा गरिएको आफ्नो निवेदनमा, एसीसीले अचल सम्पत्तिहरू अर्को नाममा स्थानान्तरण हुनबाट रोक्नको लागि जफत गर्नु आवश्यक रहेको बताएको छ ।

    जावेदले २०१४ देखि २०१८ सम्म भूमि राज्यमन्त्री र २०१९ देखि २०२३ सम्म भूमिमन्त्रीको रूपमा काम गरेका थिए । उनलाई २०२४ को संसदीय चुनावअघि विदेशमा ठूलो सम्पत्ति रहेको आरोप लागेको थियो 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सैफुज्जमान चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।