Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

भारतीय क्रिकेटर रिंकू सिंहका पिताको निधन

भारतीय क्रिकेटर रिंकू सिंहका पिताको निधन

images
  • भारतीय क्रिकेटर रिंकू सिंहका पिताको निधन
    images

    काठमाडौँ । भारतीय क्रिकेटर रिंकू सिंहका पिता खानचंद सिंहको निधन भएको छ । उनको ग्रेटर नोएडा स्थित यथार्थ अस्पतालमा  उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । खानचंद सिंह स्टेज-४ लिभर क्यान्सरबाट पीडित थिए ।

    images
    images
    images

    पिताको अवस्था गम्भीर भएको जानकारी पाएपछि रिंकू सिंह टी- २० विश्वकप खेलिरहेको टिम छोडेर अस्पताल पुगेका थिए । तर जिम्बाब्वेविरुद्धको खेलअघि पुनः टोलीसँग फर्किएका थिए ।

    images
    images
    images

    पिताको निधनको खबर पाएपछि रिंकू तुरुन्तै फर्किरहेको बताइएको छ । उनले भारतका विश्वकपका बाँकी खेल खेल्ने नखेल्ने बारे स्पष्ट भएको छैन ।

    images
    images

    खानचंद सिंह उत्तर प्रदेशको अलीगढ़मा गैस एजेंसीमा सिलिन्डर वितरण गर्ने काम गर्थे । आर्थिक कठिनाइका बाबजुद पनि उनले आफ्ना छोरा रिंकूको क्रिकेटर बन्ने सपना पूरा गर्न पुरा सहयोग गरेका थिए ।

    रिंकू सिंहले पछिल्ला वर्षहरूमा भारतीय क्रिकेटमा आफ्नो पहिचान बनाएका छन्। उनी विस्फोटक ब्याटिङ र खेल जिताउने पारिहरूका लागि परिचित छन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रिंकू सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।