Logo

२०८३, आश्विन ९गते


images
images

सिनेमा

फिल्म 'मितज्यू' को पोस्टर सार्बजनिक, दयाहाङ र सौगातको पञ्जा लडाइँ

फिल्म 'मितज्यू' को पोस्टर सार्बजनिक, दयाहाङ र सौगातको पञ्जा लडाइँ

images
  • फिल्म 'मितज्यू' को पोस्टर सार्बजनिक, दयाहाङ र सौगातको पञ्जा लडाइँ
    images
    images

    काठमाडौँ । छायांकन सकिएको फिल्म ‘मितज्यू' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले गत वर्षको माघमा फिल्मको निर्माण घोषणा गर्दा सार्वजनिक गरेको पेन्टिङ पोस्टरमा फिल्मका तीन मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई पोस्टरमा देख्न सकिन्छ । 

    images
    images
    images

    दयाहाङ र सौगातबीच पञ्जा लडाइँको दृश्य समावेश पोस्टरमा तेरिया भने मालवहाक गाडीको बोनटमाथि बसेकी छन् । 

    images
    images
    images

    अनिल बुढा मगरको निर्देशन तथा जनक घर्ती मगरको निर्माणमा बनेको यस फिल्ममा दयाहाङ र सौगात र तेरियासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, खड्गबहादुर पुन मगर (खबपु) लगायतका कलाकारहरूले अभिनय गरेका छन् । 

    images
    images
    images

    शिशिर बिशंखेको छायांकन रहेको यस फिल्मका सम्पादक लोकेश बज्राचार्य हुन् ।   आरआर फिल्म्सले देशभर वितरण गर्ने यो फिल्म गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते प्रदर्शन हुने बताइएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दयाहाङ
  • # सौगात
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।