Logo

२०८३, आश्विन १०गते


images
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा स्वागतयोग्य : सिबिफिन

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा स्वागतयोग्य : सिबिफिन

images
  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा स्वागतयोग्य : सिबिफिन
    images
    images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधि विस्तार र वित्तीय स्थिरतालाई प्राथमिकता दिएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले स्वागत गरेको छ ।

    images
    images
    images

    सिबिफिनका अनुसार समीक्षा मार्फत नीतिगत आधारभूत व्यवस्था यथावत राख्दै समयअनुसार केही सुधारात्मक कदम अघि बढाइएको छ, जसले वित्तीय प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ । विशेषगरी साना, घरेलु तथा लघु उद्यममा कर्जा विस्तार, कार्यशील पूँजी व्यवस्थापनमा सुधार, पुनर्संरचना सुविधा तथा विदेशी विनिमय जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्थाले कर्जा प्रवाह र लगानी विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    त्यस्तै उत्पादन, निर्यात र रोजगारी सिर्जनासँग जोडिएका क्षेत्रमा लगानी बढ्न सहयोग पुग्ने तथा डिजिटल पूर्वाधार र विद्युतीय भुक्तानी प्रणाली विस्तारले वित्तीय क्षेत्रको आधुनिकीकरणमा टेवा पुग्ने सिबिफिनको धारणा छ ।

    images
    images
    images

    परिसंघले खराब कर्जा वृद्धि र तरलता व्यवस्थापनजस्ता चुनौती समाधानका लागि नेपाल राष्ट्र बैंकले आवश्यक नीतिगत कदम चाल्ने विश्वास समेत व्यक्त गरेको छ ।

    सिबिफिनका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता राजेश उपाध्यायले वित्तीय स्थिरता कायम राख्दै अर्थतन्त्र सुदृढ बनाउन यस्तो नीतिगत सुधार महत्वपूर्ण हुने बताएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिबिफिन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।