Logo

२०८३, आश्विन ९गते


images
images

हलिउड

अभिनेता विजय थालापतिले पत्नीलाई धोका दिएको आरोप, सम्बन्ध विच्छेदको निवेदन दर्ता

अभिनेता विजय थालापतिले पत्नीलाई धोका दिएको आरोप, सम्बन्ध विच्छेदको निवेदन दर्ता

images
  • अभिनेता विजय थालापतिले पत्नीलाई धोका दिएको आरोप, सम्बन्ध विच्छेदको निवेदन दर्ता
    images
    images

    काठमाडौँ । दक्षिण भारतीय सिनेमाका सुपरस्टार अभिनेता विजय थालापतिको निजी जीवन चर्चामा रहेको छ । उनकी पत्नी संगीता चेंगलपट्टूले सम्बन्ध विच्छेदको निवेदन दायर गरेपछि विजयको निजी जीवन अहिले चर्चामा आएको हो ।

    images
    images
    images

    संगीताले विजयको अभिनेत्री त्रिशा कृष्णनसँग अफ्यर्स रहेको आरोप लगाउदै डिभोर्सको निवेदन दिएको बताइएको छ । उनले २०२१ अप्रिलमा उनलाई विजय ति अभिनेत्रीसँग सम्बन्धमा रहेको थाहा भएको निवेदनमा उल्लेख गरेकी छन् ।

    images
    images
    images

    संगीता अनुसार, २०२१ पछि विजयले उनीसँग दूरी राखेका थिए र अपमानजनक व्यवहारका कारण उनलाई घरमा अलग रहनु परेको थियो । विजयले उक्त अभिनेत्रीसँग विदेश यात्रा र सार्वजनिक कार्यक्रममा पनि सहभागी भइरहेको उनको आरोप छ ।

    images
    images
    images

    संगीताले अभिनेत्रीले सामाजिक सञ्जालमा नियमित रूपमा विजयसँगका तस्वीरहरू पोष्ट गरिरहने र विजयले कहिल्यै त्यसको विरोध नगरेको बताएकी छन् ।

    विजय र संगीता अगस्त १९९९ मा विवाह गरेका थिए । दुवैका दुई बच्चा छन्, जेसन संजय र दिव्या शाशा । विजयलाई उनका फ्यानहरूले 'थलापति' को नामले चिन्ने गर्छन् । एक्शनदेखि रोमान्टिक फिल्मसम्म आफ्नो प्रभाव छोडिसकेका उनले चाँडै फिल्म ‘जन नायकन’को प्रदर्शनमा ल्याउने तयारीमा छन् । तर उक्त फिल्म हाल कानूनी समस्यामा परेको र यसको प्रदर्शनको आधिकारिक जानकारी अझै प्राप्त भएको छैन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विजय थालापति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।