बुटवल । नेकपा एमालेका उपमहासचिव तथा पूर्व परराष्टमन्त्री प्रदिप ज्ञवालीले बुटवलमा आयोजित एक अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा नेकपा एमालेलाई जिताउनु पर्ने बताएका छन् । बुटवलमा रुरु–रुपन्देही सम्पर्क मञ्चले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा मञ्च गठन कार्यक्रमलाई सम्बोधन गर्दै नेता ज्ञवालीले राजनीतिमा देखिएको फोहोरलाई हटाउन एमालेले जित्नुपर्ने बताएका हुन् ।
आगामी निर्वाचन तर्फ संकेत गर्दै निर्वाचनमा पश्चगमन र अग्रगमन बिच प्रतिस्पर्धा हुने बताउँदै अग्रमनको पक्षमा मतदान गर्न आग्रह गर्दै हरेक नागरिकले आ–आफ्नो धरातल भुल्न नहुने उनले बताए ।
कार्यक्रममा ज्ञवालीले गठबन्धनमाथि समेत चर्चा समेत गरेका छन् । निर्वाचनमा एक्लै चुनावमा जान डराएका कारण सत्ता पक्षका दलहरुले गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान चाहेको उनले दावी गरे । अहिलेको सरकारले महङ्गी नियन्त्रण गर्न नसकेको र सरकारकै कारण आर्थिक सूचकमा घाटा देखिएको उनले बताए ।
एमालेको सरकार रहँदा अग्रगामी कामहरु भएको दावी गर्दै उनले एमालेलाइ सधै सामाजिक न्याय, विकास, समृद्धि र अग्रगमका लागि फेरि निर्वाचित गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश सांसद लिला गिरीले अस्थिरता चाहने राष्ट्रिय तथा अन्तराष्ट्रिय तत्वहरुले एमालेको सरकार गिराएको बताए । उनले देश विकासमा अस्थिरताकै कारण समस्या आइरहेको बताए ।
प्रदेश सांसद कमलराज श्रेष्ठले रोजगार र कृषिको आधुनिकिकरणबाट शहरकेन्द्रित विकासलाई विकेन्द्रिकरण गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा रुरु गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम, उपाध्यक्ष लक्ष्मी पन्थ, वडाध्यक्षहरु शेषनारायण पौडेल, फर्सुराम ज्ञवाली, गाउँपालिकाका पूर्व एमाले अध्यक्ष चक्रपाँणी गौतम, बुटवल नगरअध्यक्ष किसन ज्ञवाली, रुरु युवा इन्चार्ज हिमाल श्रेष्ठलगायतले बोलेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष यमबहादुर थापाको अध्यक्षता तथा कपिल ज्ञवालीको सञ्चालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology