देवदह । देवदहस्थित जनता माध्यमिक विद्यालयमा कक्षा १० का विद्यार्थीलाई कक्षा ९ का विद्यार्थीले विदाई गरेका छन् । शुक्रबार एक कार्यक्रम विच विदाई कार्यक्रम सम्पन्न भएको हो ।
विदाईका क्रममा कक्षा ९ का विद्यार्थीले आफ्ना अग्रज कक्षा १० का विद्यार्थीले विदाई भोज सहित विदाई गरे भने कक्षा १० का विद्यार्थीले विद्यालयलाई मायाको चिनो सहित आवश्यक सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेले मिहेनत गरेर पढेर आफ्नो र विद्यालयको नाम राख्न सुझाव दिए । कार्यक्रममा बोल्दै शिक्षिका विमला अर्यालले विद्यार्थीको चम्किलो भविष्यको कामना गरेकी थिईन् । कक्षा १० कि छात्रा आरती गाहाले शिक्षक शिक्षिका र जुनियर विद्यार्थीलाई धन्यवाद ज्ञापन गरेकी थिईन् ।
कक्षा ९ कि छात्रा पारवी राईको अध्यक्षता, छात्रा शारदा देवकाेटाको स्वाग्त मन्तव्य र छात्र आशिष तिमलसेनाको सन्चालन रहेको थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology