Logo

२०८३, आश्विन १०गते


images
images

वृद्धभत्ताको लोभ देखाएर २७ रोपनी जग्गा पास गर्ने वडाध्यक्ष सहित ७ जना पक्राउ

वृद्धभत्ताको लोभ देखाएर २७ रोपनी जग्गा पास गर्ने वडाध्यक्ष सहित ७ जना पक्राउ

images
  • वृद्धभत्ताको लोभ देखाएर २७ रोपनी जग्गा पास गर्ने वडाध्यक्ष सहित ७ जना पक्राउ
    images
    images

    संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका–४ सिप्रङकी ७५ वर्षीया बिममायाँ तामाङलाई वृद्धभत्ता दिलाई दिने आश्वासनमा २७ रोपनी जग्गा पास गर्ने ७ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    जग्गा किर्ते गरि झुक्याएर पास गर्ने ७ जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले (आज) शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । जग्गा किर्ते काण्डमा संलग्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष ३५ वर्षीय किङसाङ भोटे, त्यही वडाका स्थानीय ३० वर्षीय सुरेन्द्र तामाङ, २१ वर्षीय कल्पना भोटे, २० वर्षीय ङिमा लाजुङ भोटे, मालपोत कार्यालय खाँदबारीका नायव सुब्बा महेन्द्रकुमार पराजुली, लेखापढी व्यवसायी अनिस गुरुङ र चैनपुरका ३५ वर्षीय पासाङ शेर्पा पक्राउ परेका हुन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार जग्गा किर्ते गरि पास गर्ने योजना बिममायाँको गाउँले भदा साइनो पर्ने सुरेन्द्र तामाङले शुरुवात गरेको देखिन्छ । 

    images
    images
    images

    सुरेन्द्रले जग्गा पास गर्नका लागि वडा कार्यालयमा सिफारिस लिन जाँदा वडाध्यक्ष किङसाङ भोटेसँग सल्लाह गरेको र त्यही अनुसार मालपोत कार्यालयबाट पास गर्नका लागि पुरानै चिनजानका कर्मचारी महेन्द्रकुमार पराजुलीसँग बसेर योजना बनेअनुसार तीव्र गतिमा कसैले थाहै नपाई जग्गा पास गरेको अनुसन्धानबाट देखिएको छ ।

    ‘गाउँका अनपढ सोझी वृद्ध महिला, त्यसमाथि आँखा कम देख्ने र कान पनि कम सुन्ने ७५ वर्षीय वृद्धालाई सुरेन्द्रले वृद्धा भत्ता बनाउनुपर्छ भनेर मालपोत कार्यालय खाँदबारी लगेर सबै जग्गा उनीहरु ३ जना सुरेन्द्र, वडाध्यक्ष किङसाङ र पासाङ शेर्पाको नाममा पास गरेको पाइयो’, प्रनाउ सुवेदीले भन्नुभयो, ‘जग्गा दलाल गर्ने यहाँभित्र पनि गिरोहहरु लागेको अनुमान गरेका छौँ, अनुसन्धान जारी छ, अझै केही मानिसहरु तानिन सक्छन् ।’

    मालपोत कार्यालयका नासु महेन्द्रको घरमा पासाङ शेर्पा भाडामा बस्छन् । पासाङको नाममा जग्गा पास गरेर महेन्द्रले दुई हप्तापछि उनको श्रीमती कविता पराजुलीको नाममा नामसारी गरिएको अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।

    प्रचलित कानुन अनुसार जग्गा किर्ते र ठगी काण्डमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुन्छ । त्यसपछि कानुन अनुसार अगाडि बढ्ने प्रनाउ सुवेदीको भनाइ छ । 

    बिममायाँको नाममा रहेको २७ रोपनी जग्गा १०६८ मेगावाटकोअरुण जलविद्युत् आयोजनास्थल भित्र पर्छ । त्यसैले करौडो रुपैयाँ मुआब्जाको लोभमा सुरेन्द्र, वडाध्यक्ष किङसाङ र मालपोत नासु महेन्द्रको नजर परेको हो । उनीहरुले बिममायाँ तामाङको नाममा रहेको कित्ता नम्बर १००, २७४, २७५, २८०, २९२ र ३४८ मध्ये मुआब्जा पाउने दुई कित्ता नम्बर २७५ र २८० मात्रै तीन जनाले आफन्तको नाममा रजिष्ट्रेसन पास गरेका हुन् ।

    सुरेन्द्रले वृद्धाभत्ता दिलाई दिने आश्वासन दिएर घरैमा गई खाँदबारी सम्म ल्याई तीन दिन उनकै कोठामा राखेका थिए । बिममायाँलाई मालपोत कार्यालयमा लगेर जग्गा पास गरेका थिए । सुरेन्द्रले तीन दिन पछि बिममायाँलाई घरमा पु¥याई बृद्धाभत्ता वापतको रकम भन्र्दै २० हजार रुपैयाँ दिएको पाइएको प्रहरीको भनाइ छ ।

    स्थानीयहरुले अपर अरुण जलविद्युत्त आयोजनासँग प्रतिरोपनी मुआब्जा १० देखि १५ लाख रुपैयाँ माग राख्दै आएका छन् । यसरी हेर्दा उनीहरुले करिब तीन करोड रुपैयाँ भन्दा माथिको जग्गा किर्ते गरि झुक्याएर पास गरेका हुन् । नेपाल सरकार आफैले निर्माण गर्ने तयारीमा रहेको अपर अरुणको मुआब्जाको दररेट भने निर्धारण भईसकेको छैन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।