देवदह । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-१ का उम्मेदवार हिराबहादुर खत्रीले वर्तमान अवस्थामा युवालाई रोजगारीको ग्यारेन्टि गरिनु्पर्ने बताएका छन् । उनले स्वदेशमा रोजगारीको ग्यारेन्टि नहुँदा विदेशी मुलुकमा ठुलो युवाशक्तिले पसिना बगाउन बाध्य भएको बताए ।
रुपन्देही क्षेत्र नम्बर एक अन्तर्गत देवदह र तिलोत्तमाका विभिन्न वडाहमा आइतबार घरदैलो तथा मतदातासँग सुझाव संकलन गर्ने क्रममा उम्मेदवार खत्रीले अव स्वदेशमै रोजगारीको ब्यवस्था गर्नु आवश्यक रहेको उल्लेख गरे । इरान, इराक, खाडी मुलुकमा भएको पछिल्लो घटनाक्रमले धेरै नेपाली युवा बेरोजगारको चपेटामा पर्न सक्ने भन्दै अब मुलुकमै युवालाई रोजगारीको ग्यारेन्टि गर्ने सरकार चाहिएको बताए ।
युवालाई रोजगारीको ब्यवस्था गर्ने र नवयुवाको चाहना पुरा गर्ने योजना परिवर्तित कांग्रेससँग मात्र भएको उल्लेख गर्दै उनले अव युवाको ढुकढुकीका रुपमा कांग्रेसले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले गएको भदौमा भएको जेनजी (नवयुवा) आन्दोलनलाई सम्झदै फेरी पनि युवाको रगत बगाउने अवस्थाको अन्त्य गर्नका लागि नवयुवाका चाहना अन्तर्गत सुशासनमैत्री सरकार, रोजगारीमैत्री नीति मुलुकमा चाहिएको उल्लेख गरे ।
उम्मेदवार खत्रीले युवाहरुका धेरै समस्याहरु विद्यमान रहेको उल्लेख गर्दै मुलुकमा सर्वसुलभ शिक्षा, स्वास्थ्य हुनुपर्नेमा त्यसो हुन नसक्दा युवाहरु विचलित भईरहेको धारणा राखे । उनले कांग्रेस अहिले बदलिएर आएको बताउँदै बदलिएको कांग्रेसले आम नागरिकका चाहना र भावनालाई पनि सम्बोधन गर्दै मुलुकलाई विकासको दिशामा लाने बताए ।
तिलोत्तमामा भएको घरदैलो कार्यक्रममा सहभागि भएका जिल्ला सभापति रामकृष्ण खाणँले मुलुकलाई सहि दिशामा डो¥याउने पार्टी कांग्रेसमात्र भएकाले मुलुकको विकास र युवाका चाहनलाई पुरा गर्न कांग्रेसले मात्र सक्ने धारणा राखे । आइतबार दिउसो तिलोत्तमाका विभिन्न वडाहरुमा भएको घरदैलो कार्यक्रममा कांग्रेसका जिल्ला सहसचिव बासुदेव रिमाल, क्षेत्रीय सचिव विजय गुरुङलगायतका नेताहरु सहभागी भएको प्रचार प्रसार सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology