Logo

२०८३, कार्तिक २९गते


images
images

समाचार

रन्जिता श्रेष्ठविरुद्धको मुद्धामा विशेषको आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन

रन्जिता श्रेष्ठविरुद्धको मुद्धामा विशेषको आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन

images
  • रन्जिता श्रेष्ठविरुद्धको मुद्धामा विशेषको आदेशविरुद्ध अख्तियारको सर्वोच्चमा निवेदन
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री तथा प्रतिनिधिसभाकी पूर्व सदस्य रन्जिता श्रेष्ठ संलग्न रहेको घुस प्रकरणको मुद्दामा विशेष अदालतको धरौटी आदेश बदर गर्न सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्व मन्त्रीसमेत रहेकी श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

    images
    images
    images

    उक्त मुद्दामा भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा घुस रकम जफतको माग गर्दै २०८२ असोज २२ गते विशेष अदालतमा आरोपपत्र पेश गरिएको थियो । तर विशेष अदालत काठमाडौंले २०८२ फागुन १० गते प्रतिवादी श्रेष्ठलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्दै मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

    images
    images

    अख्तियारले उक्त आदेश कानुनअनुसार नभएको ठहर गर्दै प्रतिवादीलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरेको जनाएको छ ।

    अब सर्वोच्च अदालतको निर्णयपछि श्रेष्ठको मुद्दा थुनामा बसेर चल्ने वा धरौटीमै रहने भन्ने विषय टुंगो लाग्नेछ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रन्जिता श्रेष्ठ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।