Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

राप्रपाले भन्यो- रुपन्देही-२ कांग्रेसलाई समर्थन गर्दैनौं

राप्रपाले भन्यो- रुपन्देही-२ कांग्रेसलाई समर्थन गर्दैनौं

images
  • राप्रपाले भन्यो- रुपन्देही-२ कांग्रेसलाई समर्थन गर्दैनौं
    images
    images

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देही-२ नेपाली कांग्रेसलाई समर्थन नगर्ने स्पष्ट गरेको छ ।

    images
    images
    images

    राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले काँग्रेसलाई समर्थन गर्ने कुनै नीति नरहेको स्पष्ट गरेका हुन् । उनले पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा कसैसँग तालमेल वा समर्थन गर्ने नीति नलिएको र नीति विपरीत गतिविधि अनुशासनको विषय हुने बताएका छन् ।

    images
    images
    images

    उक्त क्षेत्रका लागि राप्रपाको उम्मेदवारी खाली भएकाले समानुपातिक मत जुटाउन पार्टीले आफ्ना सदस्य र मतदातालाई सहकार्य गर्न अनुरोध गरेको छ ।

    images
    images
    images

    यसअघि राप्रपाका रुपन्देही-२ का अध्यक्ष रामबहादुर थापाले विज्ञप्ति जारी गर्दै उम्मेदवार नभएको अवस्थामा कांग्रेससँग एजेन्डा नजिक भएको भन्दै चुन्न प्रसाद पौडेललाई समर्थन गर्ने जानकारी दिएका थिए । यस अघि राप्रपाबाट कर्भिका थापाले उम्मेदवारी दर्ता गरेकी थिइन्, तर स्थायी आवसीय अनुमतिपत्र (पिआर) अवधि नपुगेकाले तीन महिना अघि उम्मेदवारी फिर्ता गरेपछि राप्रपा उक्त क्षेत्रमा उम्मेदवारविहीन बनेको थियो ।

    २०७९ को निर्वाचनमा पनि राप्रपाको यस क्षेत्रमा उम्मेदवार थिएन, तर समानुपातिकतर्फ पार्टीले चौथो धेरै मत ५६ सय प्राप्त गरेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राप्रपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।