काठमाडौँ । अमेरिकाले रियाद र कुवेतस्थित आफ्ना दुताबास बन्द गरेको छ । इरानले आक्रमण गरेपछि अमेरिकाले साउदी अरेबियामा आफ्ना सबै कन्सुलर सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।
अमेरिकी दुताबासले सूचना प्रकशित गरि नियमित तथा आकस्मिक सबै अमेरिकी नागरिक सेवा भेटघाटहरू रद्द गरिएको जनाइएको छ । साउदी अरेबियामा बसोबास गर्ने अमेरिकी नागरिकहरूलाई सुरक्षित स्थानमै बस्न सल्लाह दिइएको छ ।
त्यस्तै कुवेतस्थित अमेरिकी दुताबास पनि अनिश्चितकालका लागि बन्द गरिएको छ । ईरानद्वारा कुवेतमा आक्रमण भएपछि दूतावास नजिक धुवाँ देखिएको एक दिनपछि यस्तो निर्णय सार्वजनिक गरिएको हो ।
दूतावासले जारी गरेको वक्तव्यमा क्षेत्रीय तनाव जारी रहेकाले अर्को आदेश नभएसम्म दूतावास बन्द रहने उल्लेख गरिएको छ । नियमित तथा आपतकालीन सबै कन्सुलर सेवाहरू रद्द गरिएको पनि स्पष्ट पारिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology