देवदह । रुपन्देही क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) का उम्मेदवार हजारीलाल मालीका छोरा अजय मालीको संयुक्त अरब इमिरेट्स (यूएइ) मा मृत्यु भएको छ ।
तिलोत्तमा-७ का २७ वर्षीय अजय १५ महिनादेखि अबुधावीमा कार्यरत थिए ।
इरानले त्यहाँस्थित अमेरिकी सेनाको क्याम्पमा मिसाइल प्रहार गरेपछि केही समय उनी सम्पर्कबिहीन बनेका थिए । मिसाइल आक्रमणपछि त्रसित भएका उनको फागुन १७ गते बिहान हृदयघातबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
अजय अबुधावीस्थित गोल्डेन डुनेस कन्स्ट्राक्टिङ एलएलसी कम्पनीमा कार्यरत उनका काका सागर मालीले जानकारी दिए ।
दुई छोरी र एक छोरासहित तीन सन्तान रहेका हजारीलालका जवान छोराको अवुधाविमा मृत्यु भएसंगै माली परिवार यतिवेला शोकमा डुबेको छ ।
निर्वाचनको मुखमा उम्मेदवार हजारीलालका छोराको मृत्युको खवरले मतदातालाई समेत स्तब्ध बनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology