Logo

२०८३, कार्तिक २९गते


images
images

जेनजी आन्दोलनमा फरारसहित चार जना सशस्त्रको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरारसहित चार जना सशस्त्रको नियन्त्रणमा

images
  • जेनजी आन्दोलनमा फरारसहित चार जना सशस्त्रको नियन्त्रणमा
    images

    काठमाडौँ । जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    सुनसरी जिल्ला धरान उपमहानगरपालिका-१३ बस्ने ३३ वर्षिय थापा लागूऔषध कारोबार मुद्दामा कैदा भुक्तानी गरिरहेको र जेन्जी आन्दोलमा क्रममा फरार भएका थिए ।

    images
    images
    images

    उनीसँगै लागूऔषध कारोबारमा संलग्न भक्तपुर जिल्ला लोकन्थली घर बताउने ३३ वर्षिय आशिष पाण्डे, इमाडोल घर बताउने २१ वर्षिया राशि गौतम र काठमाडौंको नक्साल घर बताउने २१ वर्षिय युनिक पोखरेल समेतलाई नियन्त्रणमा लिइएको छ ।

    images
    images

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल ईन्टेलिजेन्स व्यूरोको विशेष टोलीले फागुन १९ गते दिउँसो करीव साढे १२ बजे लोकन्थलीको एक गल्लीमा जस्ताको टहरामा डेरा गरी लागूऔषध कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।  सशस्त्र प्रहरीले उनीहरुको साथबाट १५ ग्राम लागूऔषध ब्राउन सुगर र ५० वटा ट्याब्लेट समेत फेला पारेको छ ।

    नियन्त्रणमा लिईएका चारै जनालाई आवश्यक कारवाहीको लागि बरामद लागूऔषधसहित सम्बन्धित निकायमा बुझाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।