Logo

२०८३, कार्तिक २९गते


images
images

सत्यशाही वृद्धाश्रमका सात ज्येष्ठ नागरिक मतदानमा सहभागी

सत्यशाही वृद्धाश्रमका सात ज्येष्ठ नागरिक मतदानमा सहभागी

images
  • सत्यशाही वृद्धाश्रमका सात ज्येष्ठ नागरिक मतदानमा सहभागी
    images

    भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित श्री सत्यशाही वृद्धाश्रममा बसोबास गरिरहेका सात जना ज्येष्ठ नागरिकले समानुपातिकतर्फ मतदान गरेका छन् । मतदाता नामावलीमा उनीहरूको मतदान केन्द्र अन्यत्र परेकाले शारीरिक अशक्तताका कारण प्रत्यक्षतर्फ मतदान गर्न नसकेपछि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था मिलाइएको हो। उनीहरूले जिल्ला वन कार्यालय रुपन्देहीमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    images
    images
    images

    उक्त मतदान केन्द्र ‘क’ का निर्वाचन अधिकृत जगतबहादुर बस्नेतका अनुसार ती ज्येष्ठ नागरिक हाल वृद्धाश्रममै बसोबास गरिरहेकाले मतदान प्रक्रियामा सहभागी गराउन विशेष व्यवस्था गरिएको हो । मतदान केन्द्र अन्य स्थानमा रहेकाले स्वास्थ्य अवस्थाका कारण प्रत्यक्षतर्फ मतदान गर्न नसक्ने भएपछि समानुपातिकतर्फ मत हाल्ने व्यवस्था मिलाइएको उनले बताए ।

    images
    images
    images

    वन कार्यालयस्थित मतदान केन्द्रमा अहिले मतदान प्रक्रिया निरन्तर अघि बढिरहेको छ । निर्वाचन अधिकारीका अनुसार उक्त केन्द्रका ‘क’ र ‘ख’ दुवै मतदान केन्द्रबाट बिहान ७ बजेदेखि मतदान सुरु भई मतदाता क्रमशः सहभागी भइरहेका छन् ।

    images
    images

    यस मतदान केन्द्रमा प्रत्यक्षतर्फ ३१ जना उम्मेदवार छन् भने समानुपातिकतर्फ ५८ राजनीतिक दल सहभागी छन् ।

    निर्वाचन कार्यालयका अनुसार वन कार्यालय मतदान केन्द्रमा कुल १ हजार ९७४ मतदाता रहेका छन्। तीमध्ये १ हजार ४६ पुरुष र ९२८ महिला मतदाता छन् ।

    मतदान केन्द्रमा शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया अघि बढिरहेको मतदान केन्द्र ‘ख’ का निर्वाचन अधिकृत शारदाप्रसाद मिश्रले जानकारी दिए । निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक व्यवस्थापन तथा सुरक्षा तयारी मिलाइएको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।