Logo

२०८३, आश्विन ९गते


images
images

बुटवलमा ‘मिष्टर रुपन्देही' शारीरिक सुुगठन प्रतियोगिता हुने

बुटवलमा ‘मिष्टर रुपन्देही' शारीरिक सुुगठन प्रतियोगिता हुने

images
  • बुटवलमा ‘मिष्टर रुपन्देही' शारीरिक सुुगठन प्रतियोगिता हुने
    images
    images

     बुटवल । मिष्टर रुपन्देही जिल्ला स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७८ हुने भएको छ । एक्टिभ प्लस जिम एण्ड फिटनेशको आयोजना, शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीको सहकार्यमा शनिबार बुटवलको बेल्बासमा सो कार्यक्रम हुन लागेको हो ।

    images
    images
    images


    सोमबार पत्रकार सम्मेलनको गरी प्रतियोगिता ६ वटा वजन समूहमा हुने आयोजकले जानकारी गराएको छ । खेल संयोजक सरोज सिंहका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजि भन्दा बढी तौल समूहमा प्रतियोगिता हुने खेल हुनेछन् । 

    images
    images
    images

    रुपन्देही जिल्लामा ३२ वटा जिम क्लब रहेको बताउँदै उनले एउटा जिमबाट एउटा बजन समूहमा बढिमा २ जना खेलाडि गरी जम्मा १२ जना खेलाडिले प्रतियोगितामा भाग लिन पाउने उनले बताए । साथै दर्ता नभएका जिम्म क्लबले पनि प्रतियोगितामा भाग लिन पाउने संयोजक सिंहले बताए ।

    images
    images
    images

    प्रतियोगितामा ओभर अलमा प्रथम हुनले नगद ५० हजार,मेडल र प्रमाण पत्र सहित मिष्टर रुपन्देहीकाे उपाधी  पाउनेको व्यवस्था रहेको छ । यस्तै द्वितीय, तृतीय, चौथो र पाँचौ हुने खेलाडीले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने संयोजक सिंहले बताए । साथै प्रत्येक वजन समूह  द्वितीय र तृत्तिय हुने खेलाडीको लागि क्रमशः ३ हजार, २ हजार  नगद पुस्कार, मेडल र प्रमाणपत्र पाउने बताए।


    कार्यक्रममा बोल्दै शारीरिक सुगठन तथा फिटनेश संघ रुपन्देहीका अध्यक्ष सितुप्रसाद श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएका खेलाडी र जिम व्यवसायलाई चलायमान गराउनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । साथैे राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नाम कमाउन सक्ने गरी रुपन्देहीबाट उत्पादन भएका गर्नका लागि प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

    प्रतियोगिता सम्पन्न गर्नका लागि ६ लाख ५० हजार बराबर खर्च लाग्ने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघले चैत्रको अन्तिम हप्ता बुटवलश्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता–२०७८ गर्न लागेको समेत जानकारी गराइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।