Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य मन्त्रालयको सार्वजनिक खरिद व्यवस्थापन बारे सुझाव दिन गठित कार्यदलले बुझायो प्रतिवेदन

स्वास्थ्य मन्त्रालयको सार्वजनिक खरिद व्यवस्थापन बारे सुझाव दिन गठित कार्यदलले बुझायो प्रतिवेदन

images
  • स्वास्थ्य मन्त्रालयको सार्वजनिक खरिद व्यवस्थापन बारे सुझाव दिन गठित कार्यदलले बुझायो प्रतिवेदन
    images
    images

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मातहतका निकायहरूको सार्वजनिक खरिद व्यवस्थापनलाई थप पारदर्शी, मितव्ययी र नतिजामुखी बनाउन गठित उच्चस्तरीय कार्यदलले सुझाव प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई बुझाएको छ ।

    images
    images
    images

    यस प्रतिवेदनको मुख्य उद्देश्य खरिद प्रक्रियामा रहेका नीतिगत र कानुनी जटिलताहरू हटाउँदै सुशासन कायम गर्नु र आम नागरिकलाई गुणस्तरीय औषधि तथा स्वास्थ्य उपकरणहरूको कुनै पनि अभाव हुन नदिने गरी समयमै उपलब्ध गराउनु रहेको छ । प्रतिवेदनले खरिद गुरुयोजना, ई-जीपीको पूर्ण कार्यान्वयन र उपकरणहरूको कम्तीमा ५ वर्षको मर्मत सम्भार सम्झौता अनिवार्य गर्नुपर्ने जस्ता ठोस सिफारिसहरू गरेको छ ।

    images
    images
    images

    मन्त्री शर्माले प्रतिवेदन बुझ्दै यी सुझावहरूलाई कार्ययोजना बनाएर तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन् । यस सुधारले स्वास्थ्य क्षेत्रको खरिद प्रणालीमा रहेका विगतका समस्याहरूलाई समाधान गरी नागरिकले पाउने स्वास्थ्य सेवाको गुणस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।