Logo

२०८३, कार्तिक २९गते


images
images

विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ : जितजंग बस्नेत

विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ : जितजंग बस्नेत

images
  • विशेष महाधिवेशन औचित्य सकियो, सभापति थापाले राजीनामा दिनुपर्छ : जितजंग बस्नेत
    images

    काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभामा सांसद जितजंग बस्नेतले पार्टी सभापति गगनकुमार थापाको राजीनामाको माग गरेका छन् ।

    images
    images
    images

    बुधबार सिंहदरबारमा पार्टीका राष्ट्रिय सभाका बहालवाला सांसद र नयाँ सांसदहरूबीचको परिचयसहितको अन्तरक्रिया कार्यक्रमपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै बस्नेतले सभापति थापाले राजीनामा दिनुपर्ने बताएका हुन् । 

    images
    images
    images

    उनले विशेष महाधिवेशनको औचित्य पनि समाप्त भएको बताउदै कांग्रेसले जनताले दिएको म्यान्डेटलाई स्वीकार गर्दै अघि बढ्ने पनि बताए ।

    images
    images

    उनले गगन थापालगायतका नेताहरूले विशेष महाधिवेशनको नाममा निर्वाचन आयोगसँग सेटिङ गरेर कांग्रेस कब्जा गरेको आरोप समेत लगाए ।

    साथै उनले विशेष महाधिवेशनकै कारण पार्टीले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको दाबी गर्दै विशेष महाधिवेशन औचित्य सकिएको जिकिर गरेका थिए ।

    बस्नेत कांग्रेसमा पूर्व सभापति शेरबहादुर देउवा पक्षका नेता मानिन्छन् ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।