Logo

२०८३, कार्तिक २९गते


images
images

चुनावपछि पौडेल र पाण्डेबीच भेटघाट

चुनावपछि पौडेल र पाण्डेबीच भेटघाट

images
  • चुनावपछि पौडेल र पाण्डेबीच भेटघाट
    images

    काठमाडौं । चुनावी नतिजा सार्वजनिक भएसँगै नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल भएको छ । रुपन्देही-२ बाट उम्मेदवार रहेका नेताद्वय एमाले उपाध्यक्ष विष्णु पौडेल र नेकपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेबीच बिहीबार चुनावको नतिजा र कम्युनिस्ट पार्टीहरू कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।

    images
    images
    images

    भेटका क्रममा कम्युनिस्ट, वामपन्थी, प्रगतिशील र अग्रगामी शक्तिहरूका बीचमा सहकार्य र ध्रुवीकरण गरेर जाने विषयमा गम्भीर छलफल भएको पाण्डेले बताए ।

    images
    images
    images

    फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले देशैभर करिब दुईतिहाई मत ल्याएपछि पुराना राजनीतिक दलहरू आन्तरिक समीक्षा गरिरहेका छन् । यहीबेला एमालेका उपाध्यक्ष र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका विश्वासपात्र मानिने पाण्डेबीच भेट भएको हो ।

    images
    images

    कम्युनिस्ट शक्तिहरूको जनमत घटिरहेका बेलामा उनीहरूबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।