Logo

२०८३, आश्विन ९गते


images
images

कलिउड

निर्वाचन सकिएसँगै नयाँ फिल्म 'लालिमा' रिलिज

निर्वाचन सकिएसँगै नयाँ फिल्म 'लालिमा' रिलिज

images
  • निर्वाचन सकिएसँगै नयाँ फिल्म 'लालिमा' रिलिज
    images
    images

    काठमाडौँ ।  निर्वाचन सकिएसँगै नयाँ फिल्म ‘लालिमा’ आज रिलिज भएको छ । यौनकर्मी महिलाको अनुभवमा आधारित यस फिल्मले देशभर ६० भन्दा बढी शो पाएको छ । 

    images
    images
    images

    एकल रिलिजको दुर्लभ अवसर पाएको यो फिल्मले दर्शकलाई आकर्षित गर्न एउटा अफर समेत ल्याएको छ । खल्ती एपबाट फिल्मको टिकट खरिद गर्ने दर्शकले २ सय रुपैयाँसम्म क्यासब्याक पाउने जनाइएको छ । 

    images
    images
    images

    यस फिल्ममा रोशनी कार्की मुख्य भूमिकामा छिन् । उनले यौनकर्मीको भूमिका निभाएकी छन् । उनले यो भूमिका निभाउन १० जना यौनकर्मीसँग भेट समेत गरेकी थिइन् । उनीसहित फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, घनश्याम जोशी, सुष्मा निरौला, सबिन कट्टेल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । 

    images
    images
    images

    रोशन मिराजको लेखन तथा निर्देशन रहेको फिल्मलाई फेथ आस्था र एम्पिफाई चेन्जले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा रीना लामा छिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लालिमा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।