Logo

२०८३, आश्विन १०गते


images
images

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था

images
  • राष्ट्र बैंकबाट १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने व्यवस्था
    images
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाइने निर्देशन जारी गरेको छ । बैंकले वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

    images
    images
    images

    राष्ट्र बैंकले भनेको छ- 'महेन्द्र राजमार्ग र मध्य पहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम र व्यवसायहरूमा प्रवाहित कर्जाको हकमा ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिनेछ ।’

    images
    images
    images

    यस्तो पुनरतालिकीकरण वा पुनर्संरचना २०८३ असार मसान्तभित्र गरिसक्नु पर्नेछ । यसरी पुनरतालिकीकरण वा पुनर्संरचना गर्दाको समयमा कर्जाहरूलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।