Logo

२०८३, आश्विन १०गते


images
images

पोखरामा ग्यास लुकाएका डिलरलाई ५० हजार जरिवाना

पोखरामा ग्यास लुकाएका डिलरलाई ५० हजार जरिवाना

images
  • पोखरामा ग्यास लुकाएका डिलरलाई ५० हजार जरिवाना
    images
    images

    पोखरा । पोखरामा ग्यास लुकाएका डिलरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । पोखराको लेकसाइडमा ग्याँस लुकाएर कृत्रिम अभाव खडा गर्ने डिलरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । 

    images
    images
    images

    पोखरा महानगर- ६, जरेवरस्थित भण्डारी ट्रेडर्समा ४८ थान एलपि ग्याँस सिलिण्डर (१४.२ के.जी.) अनुचित रुपमा लुकाई छिपाई सञ्चित गरी राखेको र कृत्रिम अभाव खडा गरेको एवं एउटा सिलिण्डरबाट अर्को सिलिण्डरमा ग्याँस सार्दै गरेको अवस्थामा उपकरण (तीन थान) सहित फेला पारिएको हुँदा उपभोक्ता संरक्षण विपरीतको कार्य गरे वापत् भण्डारी ट्रेडर्सलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल ५० हजार जरिवाना गरिएको छ ।

    images
    images
    images

    साथै भण्डारी ट्रेडर्सलाई अनुगमनको क्रममा फेला परेका ४८ थान ग्यास सिलिण्डर (१४.२ के.जी.) र ३८ ( अड्तीस) थान ग्यास सिलिण्डर (७.१ के. जी.) लाई पहिले आउने उपभोक्तालाई पहिले सेवा प्रदान गर्ने, विना भेदभाव उपभोक्तालाई ग्याँस विक्री वितरण गर्ने, ग्याँसको परिमाणमा परिमार्जन तथा थपघट गर्ने कुनै किसिमका कार्य नगर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा अनावश्यक सञ्चितिकरण गर्ने जस्ता क्रियाकलाप नगर्ने र आगामि दिनमा उपभोक्ता हित संरक्षण विपरीतका गतिविधिहरु नगर्न समेत निर्देशन दिईएको थियो ।

    images
    images
    images

    अनुगमनको क्रममा तीन ग्याँस डिलरहरुमा ग्याँसको मौज्दात एवं अनुचित भण्डारण रहेको नपाईएको तर एक ग्याँस डिलरमा ३२४ थान ग्याँस (७.१ के. जी.) झार्दै गरेको अवस्थामा फेला परेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । 

    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी, उपभोक्ता मञ्चका प्रतिनिधि समेतको संयुक्त अनुगमन टोलीद्वारा पोखराका विभिन्न स्थानमा रहेका पाँच वटा ग्याँस डिलरहरुको अनुगमन गरिएको थियो । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ग्यास डिलर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।