Logo

२०८३, आश्विन ११गते


images
images

ईन्धन संकटपछि पाकिस्तानमा सरकारी कर्मचारीको तलब ५ देखि ३० प्रतिशतसम्म घट्यो

ईन्धन संकटपछि पाकिस्तानमा सरकारी कर्मचारीको तलब ५ देखि ३० प्रतिशतसम्म घट्यो

images
  • ईन्धन संकटपछि पाकिस्तानमा सरकारी कर्मचारीको तलब ५ देखि ३० प्रतिशतसम्म घट्यो
    images
    images

    काठमाडौँ । पाकिस्तानमा ईन्धन संकट बढेपछि सरकारले सरकारी खर्च घटाउन कर्मचारी तलबमा कटौती गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शाहबाज शरीफको नेतृत्वमा बसेको उच्चस्तरीय बैठकले सरकारी कम्पनी तथा स्वायत्त संस्थानका कर्मचारीको तलब ५ देखि ३० प्रतिशतसम्म घटाउने निर्णय गरेको हो ।

    images
    images
    images

    सरकारका अनुसार, यस कटौतीबाट बचाइएको रकम सामान्य जनतालाई राहत दिने कार्यमा प्रयोग गरिनेछ । यससँगै सरकारी खर्च घटाउन अन्य कदमहरू पनि लिइएको छ । सरकारी सवारीसाधनका लागि इन्धनको वितरण ५० प्रतिशत घटाइनेछ भने आगामी दुई महिनामा ६० प्रतिशत सरकारी सवारीसाधन सडकबाट हटाइने व्यवस्था मिलाइएको छ ।

    images
    images
    images

    सरकारले नयाँ सरकारी सवारी खरिद र अन्य सरकारी खरिदमा रोक लगाएको छ । साथै मन्त्री, अधिकारी र विशेष सहयोगीहरूको विदेशी भ्रमणमा पनि प्रतिबन्ध जारी रहनेछ । प्रधानमन्त्री कार्यालयले मन्त्री, सल्लाहकार र विशेष सहयोगीको आगामी दुई महिनाको तलब पनि सार्वजनिक कल्याणका लागि प्रयोग गरिने जनाएको छ ।

    images
    images
    images

    पाकिस्तानमा हाल अमेरिकासहित ईरानसँगको द्वन्द्वका कारण इन्धनको मूल्य बढेको छ । गत हप्ता पेट्रोलियमको मूल्य प्रतिलिटर ५५ रुपैयाँ बढेर ३२१ पाकिस्तानी रुपैयाँ पुगेपछि सरकारले खर्च घटाउने कदम उठाउन बाध्य भएको हो।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।