Logo

२०८३, श्रावण २७गते


images
images

अन्तर्राष्ट्रिय

जापानमा सञ्चित भण्डारबाट इन्धनको प्रयोग शुरु

जापानमा सञ्चित भण्डारबाट इन्धनको प्रयोग शुरु

images
  • जापानमा सञ्चित भण्डारबाट इन्धनको प्रयोग शुरु
    images
    images

    काठमाडौँ । इरान युद्धका कारण मध्यपूर्वबाट आउने तेल बोकेका जहाजको आवागमन प्रभावित भएपछि जापानमा तेल आपूर्तिमा समस्या देखिन थालेको छ । यसलाई नियन्त्रणमा राख्न जापानले आफ्नो सञ्चित भण्डारबाट तेल निकालेर प्रयोग गर्न थालेको छ ।

    images
    images
    images

    जापानी सञ्चारमाध्यमले जनाएअनुसार आपूर्ति स्थिर राख्न भण्डारबाट तेल प्रयोग सुरु गरिएको हो । सार्वजनिक गरिएको इन्धन करिब १५ दिनको खपत बराबर रहेको बताइएको छ ।

    images
    images
    images

    जापानका तेल कम्पनीहरूसँग अहिले करिब ७० दिनका लागि पुग्ने भण्डार रहेको पनि जानकारी दिइएको छ ।

    images
    images
    images

    यसका अतिरिक्त सरकारसँग छुट्टै तेल भण्डार रहेको र मार्च महिनाको अन्त्यतिर करिब एक महिनासम्म पुग्ने आपूर्ति सार्वजनिक गर्न सकिने अपेक्षा गरिएको छ ।

    समग्रमा जापानसँग हाल करिब २५४ दिनसम्मको खपत बराबर तेल भण्डार रहेको बताइएको छ, जुन करिब ४७ करोड बैरल तेल बराबर हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जापान
  • # इन्धन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।