रमेश बहादुर सिह, बझाङ । सहोदर बहिनी बलात्कारको आरोपमा बझाङमा एक किशोर पक्राउ परेका छन्। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टका अनुसार किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको छ। पीडित र आरोपित दुवैको नाम र र ठेगाना भने प्रहरीले गोप्य राखेको छ। बलात्कारको आरोप लागेका किशोरलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको र थप अनुसन्धान भइरहेको उनले बताए।
ती किशोरले गत चैत ६ गते बेलुका ५०० रूपैयाँ दिने लोभ देखाएर बलात्कार गरेको प्रहरीले बताएको छ। आमा खेतमा मल फाल्न गएको मौका छोपी किशोरले बालिकालाई गाई गोठमा मोबाइलमा फिल्म देखाई बलात्कार गरेको र बलात्कारपछि पीडक भागेको उजुरीमा उल्लेख भएको डिएसपी विष्टले बताए।
आमा घर फर्केपछि बालिकाले घटनाबारे बताएको र सोही आधारमा आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन्। उजुरीपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ती किशोरलाई पक्राउ गरेको हो।
बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइएको डिएसपी विष्टले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology