देवदह । देवदह नगरपालिकाले ‘नगर उपप्रमुखसँग महिला कार्यक्रम’ अन्तर्गत महिलाका लागि १० दिने बारिस्टा तालिम सुरु गरेको छ ।
कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख तथा उपप्रमुखसंग महिला कार्यक्रमकी संयोजक विद्यालक्ष्मी गुरुङले कम लगानीमा राम्रो आम्दानी गर्न सकिने सीपका रूपमा बारिस्टा तालिम सञ्चालन गरिएको बताइन् । उनले करिब ४ लाख रुपैयाँ बजेटमा तालिम सञ्चालन गरिएको जानकारी दिइन् ।
तालिम दुई चरणमा संचालन हुने नगरपालिकाले जनाएको छ । जसमा पहिलो चरणमा वडा नं ५ देखि १० सम्मका २० जना महिला सहभागी हुनेछन् भने दोस्रो चरणमा वडा नं १ देखि ४ अनि ११ र १२ का २० जना महिला सहभागी हुनेछन् ।
कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारी, वडा नं १० का वडा अध्यक्ष यकबहादुर सुनार, जनप्रतिनिधि कृष्णमाया राना लगायतले बोल्दै तालिम प्रमाणपत्रका लागि मात्र नलिई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।
तालिममा प्रशिक्षकका रूपमा सन्जय घिमिरे रहेका छन् । कार्यक्रमको सञ्चालन इन्दिरा भुसालले गरेकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology