Logo

२०८३, कार्तिक २९गते


images
images

युद्ध रोक्न माग गर्दै अमेरिकी-इजरायली दूतावास र इरानी कन्सुलेट अगाडि प्रदर्शन

युद्ध रोक्न माग गर्दै अमेरिकी-इजरायली दूतावास र इरानी कन्सुलेट अगाडि प्रदर्शन

images
  • युद्ध रोक्न माग गर्दै अमेरिकी-इजरायली दूतावास र इरानी कन्सुलेट अगाडि प्रदर्शन
    images

    काठमाडौँ । फेब्रुवरी २८,  २०२६ मा इजरायल र अमेरिकाले इरानमा हवाइ आक्रमण गरे पश्चात जारी अमेरिका-इजरायल र इरानबीचको युद्ध तत्काल  अन्त्य गरि  शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव  अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित अमेरिका, इजरायलका राजदुताबास र इरानको कन्सुलेट कार्यालय अगाडी एकै दिन प्रदर्शन गरेको छ । 

    images
    images
    images

    विहिअब्र अमेरिकाः आक्रमणकारी भुमिका बन्द गर, अरु देशको सार्वभौमसत्ताको सम्मान गर, इजरायलः बर्बरता र आक्रामकता बन्द गर । शान्तिपूर्ण सहअस्तित्वको मार्ग अवलम्वन गर, इरानः आणविक महत्वाकांक्षा परित्याग गर, आफ्नै नागरिक माथि दमन र अत्याचार बन्द गर भन्दै  काठमाण्डौ महाराजगन्जस्थित अमेरिकी राजदूतावास र लाजिम्पाटस्थित इजरायली राजदुतावास अगाडि विहान  र दरवारमार्गस्थित इरानी कन्सुलेट कार्यालय अगाडि मध्यान्ह आधा घण्टा प्रदर्शन भएको थियो । 

    images
    images
    images

    प्रदर्शनमा शान्तिवादीहरुले 'युद्ध रोकः शान्ति प्रबद्र्धन गर, युद्धको बीज शासकहरूको अहंकार, हाम्रो चाहनाः हिंसारहित समाज–युद्धरहित विश्व, युद्धको खेती बन्द गर, शान्तिको सन्देश बुलन्द गर, युद्धको विस्तार मानवजातिको विनाश' लेखिएका प्लाकार्ड  बोकेका थिए ।

    images
    images

    प्रदर्शन पश्चात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई शान्ति समाजका तर्फबाट लेखिएको पत्र अमेरिकी राजदूतावासमा हस्तान्तरण गरिएको थियो । 

    यसैगरी इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेखिएको पत्र इजरायली दूतावासले लिन नमानेको हुदा इमेलबाट पठाएको मानव  अधिकार तथा शान्ति समाजले जनाएको छ । 

    साथै इरानी राष्ट्रपति मसुद पेजेश्कियन लाई लेखिएको पत्रमा  इरानलाई आणविक महत्वाकांक्षा परित्याग गर्न र इरानमा लोकतन्त्र बहाली गर्न सादर आग्रह गरिएको छ । सो पत्र इरानी कन्सुलेट कार्यालयमा हस्तान्तरण गरिएको थियो ।

    स्मरणीय छ, शान्ति समाजले इजरायलको बर्बरता र इरानको आणविक महत्वकांक्षा दुवै विश्व शान्तिका लागि खतरा भएको धारणासहित पटक पटक प्रदर्शन गरेको थियो । 

    प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रेनुका पौडेल, पूर्व सभापति गोविन्द  खनाल, सल्लाहकार रामप्रसाद जोशीसहित दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो । 

    यसैगरी युद्ध तत्काल  अन्त्य गरि शान्ति प्रवद्र्धनका लागि विशेष पहल गर्न आग्रहसहित मानव  अधिकार तथा शान्ति समाजका जिल्ला शाखाहरुले बुटवल, सुर्खेत, भरतपुर, नेपालगन्ज, नुवाकोट, सल्यान, पाल्पा, पोखरा, बिर्तामोड, तेह्रथुम र तम्घासमा प्रदर्शन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शान्ति समाज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।