देवदह । देवदह ७ स्थित निर्माण बहुउद्देश्यीय सहकारी संस्थाले सोही वडामा अवस्थित उदय आधारभुत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ मनाउन लागिएको ६५औं राष्ट्रिय सहकारी दिवसको सन्दर्भ पारेर २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको संस्थाको अध्यक्ष मोतिलाल ढकालले बताए ।
विद्यालयमा अध्ययनरत जेहेन्दार र अतिविपन्न विद्यार्थीलाई जनही ४ सय लागत पर्नेगरि १० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको संस्थाका व्यवस्थापक सुशीला भण्डारीले जानकारी दिईन् ।
जस अन्तर्गत बालशिक्षामा अध्ययनरत १२ जना विद्यार्थीलाई झोला सहित कपि, पेन्सील, इरेजर लगायतका शैक्षिक सामग्री प्रदान गरिएको छ भने कक्षा १ देखि ५ सम्मका १३ विद्यार्थीलाई
कपि, ज्यामीती बक्स, कलर, पेन्सील, इरेजर लगायतका सामग्री प्रदान गरिएको संस्थाले जनाएको छ ।
उक्त कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सो विद्यालयका सह प्राध्यापक दामोदर घिमिरे लगायत शिक्षकहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology