Logo

२०८३, कार्तिक २७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

प्रधानमन्त्री कार्की मधेश प्रदेशमा, निर्वाचन शान्तिपूर्ण सम्पन्न गरेकोप्रति सुरक्षा निकाय र कर्मचारीलाई धन्यवाद

प्रधानमन्त्री कार्की मधेश प्रदेशमा, निर्वाचन शान्तिपूर्ण सम्पन्न गरेकोप्रति सुरक्षा निकाय र कर्मचारीलाई धन्यवाद

images
  • प्रधानमन्त्री कार्की मधेश प्रदेशमा, निर्वाचन शान्तिपूर्ण सम्पन्न गरेकोप्रति सुरक्षा निकाय र कर्मचारीलाई धन्यवाद
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न मधेस पुगेकी छन् ।

    images
    images
    images

    मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारीहरू तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गरेकी थिइन् । साथै, प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उहाँले उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् ।

    images
    images
    images

    सो अवसरमा उनले भनिन्- 'हामीले बनाएको योजना अनुसार तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो। यसका लागि म आभारी छु। मान्छेहरू मलाई बधाई भनिरहेका छन्। यसको वास्तविक हकदार तपाईंहरू हो ।'

    images
    images

    त्यस अवसरमा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्वपूर्ण राष्ट्रिय अनुष्ठानको अंग बन्न पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताइन् । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।