Logo

२०८३, आश्विन ९गते


images
images

कलिउड

हेमराज विसी फिल्म निर्देशनमा फर्किदै

हेमराज विसी फिल्म निर्देशनमा फर्किदै

images
  • हेमराज विसी फिल्म निर्देशनमा फर्किदै
    images
    images

    काठमाडौँ । चर्चित निर्देशक हेमराज विसी फिल्म निर्देशनमा फर्किने भएका छन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका बिसी अब निर्देशनमा फर्किने तयारीमा लागेका छन् । 

    images
    images
    images

    बिसीले आफ्नो नयाँ फिल्मका लागि अडिसन आह्वान गरेका छन् । हेमराज स्वंयले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मका लागि १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका कलाकारको खोजी भइरहेको जनाएका छन् । उनका अनुसार इच्छुकले चैत्र १२ गतेदेखि १४ गतेसम्म हुने अडिसनमा सहभागिता जनाउन सक्नेछन् । 

    images
    images
    images

    फिल्मको अडिसन काठमाडौँको भत्केको पुलस्थित कठघरा स्टुडियोमा सञ्चालन हुनेछ । तर, अडिसनमा सहभागी हुन चाहनेले अनिवार्य रूपमा इमेल र फोनमार्फत नाम दर्ता गराउनुपर्ने र नाम दर्ता भएपछि मात्र अडिसन दिन पाइने निर्माण कम्पनी मुनलाइट मोसन पिक्चर्सले जानकारी दिएको छ । बिसीले पछिल्लो पटक छक्का पन्जा- ४ निर्देशन गरेका थिए । 

    images
    images
    images

    ‘एक्टर : टेक वान’का निर्माता थमन कुमार भण्डारीले फिल्मको निर्माण गर्नेछन् । उनले यसअघि फिल्म ‘पण्डित बाजेको लौरी’ पनि निर्माण गरेका थिए । उनी ‘कठघरा’ कार्यक्रमका निर्माता पनि हुन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हेमराज विसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।