Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध

images
  • रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध
    images

    काठमाडौं । शुक्रबारबाट आएको वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । रोशी खोलाले अस्थाीय रुपमा सञ्चालित डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो । 

    images
    images
    images

    एसपी शाहले सडक विभाग र स्थानीय तहसँगको समन्वयमा राजमार्ग खुलाउने कार्य भइरहेकोले यात्रु हरुलाई राजमार्गको  अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेका छन् । 

    images
    images


    २०८१÷०८२ मा आएको अविरल वर्षाको कारण रोशी खोलाले बिपी राजमार्ग बगाएपछि अहिले भकुण्डे(नेपालथोक खण्ड निर्माणाधीन अवस्थामा छ । निर्माणको क्रममा राजमार्गलाई रोशी खोलाको बगरमा डाइभर्सनमार्फत सवारी सञ्चालन गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बिपी राजमार्ग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।