Logo

२०८३, आश्विन १२गते


images
images

समाचार

प्रधानमन्त्री कार्कीबाट इद उल फित्रको शुभकामना

प्रधानमन्त्री कार्कीबाट इद उल फित्रको शुभकामना

images
  • प्रधानमन्त्री कार्कीबाट इद उल फित्रको शुभकामना
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले इद्उ-ल-फित्रको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गरेकी छन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले रमजान महिनाभर गरिएको रोजाले सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिने बताएकी छन् । उनका अनुसार यो महिना सत्कर्म र संयमको प्रतीकका रूपमा समेत लिइने भन्दै यस्ता मूल्यले समाजमा मानवता, सहअस्तित्व र समृद्धिको भावना बलियो बनाउने उल्लेख गरेकी छन् । इद्उ-ल-फित्रले आपसी सद्भाव, भाइचारा र एकतालाई अझ मजबुत बनाउने विश्वास पनि व्यक्त गरेकीछन् ।

    images
    images
    images

    प्रधानमन्त्री कार्कीले यस पर्वले नेपालीहरूबीच सम्मान, सहकार्य र सद्भाव बढाउँदै देशको समृद्धि र स्थायित्वमा टेवा पुर्‍याओस् भन्ने कामना गरेकी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इद उल फित्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।