Logo

२०८३, कार्तिक २९गते


images
images

फ्लोरा एक्स्पो

फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण : शनिबार मात्र २१ हजारले गरे अवलोकन

फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण : शनिबार मात्र २१ हजारले गरे अवलोकन

images
  • फ्लोरा एक्स्पोमा दर्शकको आकर्षण : शनिबार मात्र २१ हजारले गरे अवलोकन
    images

    काठमाडौँ  । भृकुटीमण्डपमा जारी २७औँ फ्लोरा एक्स्पोमा दैनिक रूपमा दर्शक सङ्ख्या र कारोबार दुवैमा वृद्धि हुँदै गएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    दोस्रो दिन शुक्रबार १७ हजार ५०० दर्शकले मेला अवलोकन गरेका छन् भने २९ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी तेस्रो दिन शनिबार (आज) २१ हजार ५०० दर्शकले अवलोकन गरेका छन् भने ३९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको एसोसिएसनले जानकारी दिएको छ ।

    images
    images
    images

    यससँगै पहिलो दुई दिनमै २७ हजार दर्शकले मेला अवलोकन गरेका थिए भने कारोबार ५१ लाख रुपैयाँभन्दा बढी पुगेको थियो। तेस्रो दिनपछि दर्शक सङ्ख्या र कारोबार दुवैमा थप वृद्धि भएको देखिएको छ ।

    images
    images

    एक्स्पोमा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक २, फुड २, ल्याण्डस्केप १, सेल्फी १ तथा बीवाईडी ईभी कारसहित १ गरी कुल ८३ वटा स्टल रहेका छन्। मेलामा सहभागी पुष्प व्यवसायीहरूले उत्पादन गरेका फूल तथा बिरुवाहरूलाई विभिन्न विधामा प्रतिस्पर्धा गराइने मेलाका संयोजक रामबहादुर तामाङ (सुनिल)ले बताए । यस वर्षको एक्स्पोमा करिब ६० हजार दर्शकले अवलोकन गर्ने र एक करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको संयोजक तामाङले जानकारी दिए ।

    फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित सञ्चालन भइरहेको मेला चैत ८ गतेसम्म जारी रहनेछ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फ्लोरा एक्स्पो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।