देवदह । तमुस्यो ह्युल छोंज धीं देवदह नगर समितिको चौथो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले छ माया गुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नव निर्वाचित समितिको उपाध्यक्षमा ओम माया गुरुङ्ग, सचिवमा टेक माया गुरुङ्ग, कोषाध्यक्षमा टौ माया गुरुङ्ग र सह–सचिवमा मनु गुरुङ्ग चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा जस माया गुरुङ्ग, तिलिसरा गुरुङ्ग, देबी गुरुङ्ग, चिजमाया गुरुङ्ग, भविकला गुरुङ्ग र अनु गुरुङ्ग चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि खेमा लिपि तथा मातृभाषा अभियान्ता भिम प्रसाद गुरुङ्ग रहेका थिए । कार्यक्रममा वक्ताहरूले गुरुङ समुदायको भाषा, लिपि, संस्कृति र पहिचान संरक्षणका लागि संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए ।
नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै समुदायको हकहित, भाषा, संस्कृति संरक्षण र संस्थागत विकासमा सक्रिय रूपमा काम गर्न सुझाव दिइएको थियो । कार्यक्रम विभिन्न निर्णय गर्दै सम्पन्न भएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology