देवदह । रोटर्याक्ट क्लब अफ तिलोत्तमा–देवदहको वर्ष २०२६/२०२७ का लागि ईलेक्ट प्रेसिडेन्टमा क्लबका उपाध्यक्ष कमल थापा सर्वसम्मत चयन भएका छन् ।
क्लबको शनिवार सम्पन्न बैठकले थापा ईलेक्ट प्रेसिडेन्टमा चयन गरेको जनाइएको छ ।
वर्ष २०२५/२०२६ का अध्यक्ष डा. विजय अंगाईको कार्यक्रमको अध्यक्षता रहेको बैठकमा देवदह व्यापार संघका अध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष माधव ढकाल, पूर्वअध्यक्ष अर्जुन गुरुङ, मनिलाल तिवारी, विक्रम भुसाल र निवर्तमान अध्यक्ष सन्दीप पौडेलको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सदस्य सन्देश रेग्मीले दिएका थिए भने धन्यवाद ज्ञापन क्लबका कोषाध्यक्ष रमित चापागाईंले गरेका थिए । कार्यक्रम सञ्चालन सचिव किसन थापा दर्लामीले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology