Logo

२०८३, कार्तिक २९गते


images
images

एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ

images
  • एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ
    फाइल फोटो
    images

    काठमाडौं । नेकपा एमालेका पूर्व संविधानसभा सदस्य कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्दै आएका ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।

    images
    images
    images

    मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    images
    images

    जिल्ला प्रहरी परिसर ललितपुर र मातहतको सातदोबाटो प्रहरी वृत्तको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

    मल्लविरुद्ध पीडित महिलाले फागुन ५ गते प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित महिला केही समयअघि माइतीघरमा अनशनसमेत बसेकी थिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।