देवदह । ६५औं राष्ट्रिय सहकारी दिवशको “मर्यादित व्यवसाय र प्रविधिमा सहकारी” भन्ने नारालाई आत्मसाथ गर्दै आफन्त साकोसद्वारा संस्थाका ३ वटा कार्यालय रहेको स्थान (बजार क्षेत्रमा)मा सरसफाई तथा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
केन्द्रीय कार्यालय शंकरपुरमा संस्थाका सचिव श्री गणेश सापकोटाको संयोजकत्वमा कार्यक्रम आयोजना गरिएको थियो भने खैरेनी सेवाकेन्द्र खैरेनीमा संस्थाका अध्यक्ष श्री शंकर पाण्डेयको सम्योजकत्वमा र धकधई सेवाकेन्द्र धकधईमा संस्थाका उपाधक्ष्य श्री फूलप्रसाद पाण्डेयको सम्योजकत्वमा कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरुले राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले गरेको सामाजिक उत्तरदायित्व प्रति प्रसंशा तथा धन्यवाद ज्ञापन सहित शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा संचालक समिति, लेखा समिति , सल्लहाकार , विभिन्न उपसमिति पदाधिकारी, कर्मचारी, सहकारी अभियन्ता , सामाजिक अभियन्ता .बजार व्यवस्थापन समिति, शेयर सदस्य तथा स्थानीय वासिन्दाको सक्रिय सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology