Logo

२०८३, आश्विन १०गते


images
images

पीएम कप

कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी

images
  • कोशी प्रदेशमाथि पुलिस क्लब ६ विकेटले विजयी
    images
    images

    काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई  ६ विकेटले पराजित गरेको छ ।

    images
    images
    images

    मंगलबार सम्पन्न खेलमा कोशी प्रदेशले दिएको १६३ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले ३३.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    images
    images
    images

    पुलिसको जितमा आरिफ सेखले अविजित ८१ र राशिद खानले अविजित ७३ रन बनाएका थिए ।

    images
    images
    images

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४२.५ ओभरमा अल आउट हुदै १६२ रन बनाएको थियो । कोशीका लागि सुजन थपलियाले सर्बाधिक ४८ रन बनाए भने सुमन श्रेष्ठले ४३ रन बनाएका थिए । त्यसैगरी पुलिस क्लबका बलर दिनेश खरेलले ५ विकेट लिए भने ललित राजबंशी र सागर ढकालले २-२ विकेट लिए ।

    यो जितपछि ५ खेलमा ७ अंक हासिल गर्दै पुलिस क्लब अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ । त्यस्तै कोशी प्रदेशको भने यो पाँच खेलमा चौथो हार हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।