Logo

२०८३, आश्विन ९गते


images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी

images
  • गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी
    images
    images

    काठमाडौं। रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम तयारी भइरहेको छ । बुद्ध जयन्तीका दिन अर्थात जेठ २ गते व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको योजना रहेको छ ।

    images
    images
    images

    भैरहवा बिमानस्थलमा परीक्षण उडान भने वैशाख १ गते नेपाल वायुसेवा निगमको जहाजले गर्नेछ । वैशाख ९ गतेदेखि पूर्ण रूपमा अन्तर्राष्ट्रिय उडानका लागि विमानस्थल तयार हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    images
    images
    images

    बौद्धमार्गीको बाहुल्यता भएका मुलुक चीन, जापान, कोरिया, भियतनाम, श्रीलङ्का लगायत मुलुकबाट सिधा भैरहवा उडान हुने प्राधिकरणले अपेक्षा गरेको छ ।

    images
    images
    images

    विमानस्थलमा व्यावसायिक उडान गर्न नेपाली ध्वजावाहक नेपाल वायुसेवा, कुवेतको जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बिच र ओमन एयर रहेका छन् ।

    व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले पहिलो पटक हप्ताको सातै दिन उडान गर्नेछ । प्राधिकरणका अनुसार उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौको बिकल्पको रुपमा लिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल संचालनमा आएपछि काठमाडौको हवाइ ट्राफिक चाप कम हुने बताइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।